बिरौटामा बाघमारा सहकारीको सेवा केन्द्र

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरी प्रधान कार्यलय रहेको बाघमारा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको सेबा र सुबिधालाई सहजीकरण गर्ने उद्देश्यका पोखरा १७ बिरौटा सदस्य सेवा केन्द्र को शुभारम्भ गरेको छ ।

कास्कीको दक्षिणी भाग पोखरा १७ ,२१ र ३३ को ब्यापारिक केन्द्र बिरौटाबाट आफ्ना शेयर सदस्यलाई ब्यबहारिक र ब्यबस्थित सेबा दिने हेतुले उक्त सेबा केन्द संचालन गरिएको संस्थाका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

शनिबार एक कार्यक्रमका बिच गण्डकी प्रदेश भुमि ब्यबस्था तथा सहकारी मन्त्री लेख बहादुर थापाले पानसमा दिप बालि कार्यक्रमको समुउद्धघाटन तथा रिबन काटेर सेबा केन्द्र काउन्टर उद्धघाटन गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि थापाले बाघमारा सहकारी संस्थाले गरेको सामाजिक आर्थिक बित्तिय प्रगतिले सहकारी अभियानमा सहयोग पुगेको र अब सहकारीको पुँजी उत्पादनमूलक कार्यमा लाग्नुपर्ने कुरामा जोडि दिए ।

पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष तिर्थराज अधिकारी ,पोखरा महानगरपालिका ३३ का वडाअध्यक्ष शिव प्रसाद आचार्य , गण्डकी प्रदेशका सचिब हरिराज पोखरेल ,पोखरा महानगरपालिका कार्यपालिका सदस्य सदस्य तथा महानगर सहकारी समितिका सदस्य राधिका शाहि योगी ,जिल्ला सहकारी संघं कास्कीका अध्यक्ष साबित्रा कोईराला ,जिल्ला बचत तथा ऋण सहकारी संस्था लि उपाध्यक्ष श्रीकान्त ढुङगाना , नेपस्कुन गण्डकी प्रदेश फिल्ड ईन्चार्ज रिसभराज रेग्मी, गुप्तेश्वर महादेव गुफा ब्यबस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेल ,नेकपा १७का अध्यक्ष सुबास ढुङगाना , नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति बिजयराज आचार्य ,सप्तरंगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिकाराम पौडेल ,अग्रसर बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष दुगाँदेबी आचार्य ,निलगिरी बचत तथा ऋण सहकारी संस्थाका सचिब तिर्थराज आचार्य ,बाघमारा सहकारी संस्थाका सल्लाहकार यज्ञ प्रसाद अधिकारी ,धर्मराज अधिकारी ,पुर्ब सल्लाहकार केशब प्रसाद आचार्य , कोषाध्यक्ष बेल बहादुर कार्की ,शिक्षा समितिका संयोजक प्रकाश अधिकारी ,लेखा संयोजक तुलसीमणि अधिकारी ,ऋण समिति संयोजक बाबुराम लामिछाने ,अर्जुन अधिकारी तथा संस्थाका ब्यबस्थापक लक्ष्मी लामिछाने अधिकारी लगायतले संस्थाले गरेका बिबिध गतिविधिहरुका बारेमा बोलेका थिए ।

उक्त कार्यक्रमा संस्थाको चिनारी तथा गतिविधिहरुका बारेमा जानकारी गरिएको संस्थाका संस्थापक अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए।

संस्थाका सचिब नन्दलाल काफ्लेले संचालन गरेको कार्यक्रमको सभापतित्व डिल्लीराम बरालले गरेका थिए ।

कमेन्टहरु
Loading...