काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली जाँदै छन् ।
स्वास्थ्योपचारका लागि भट्टराई आइतबार नेपाल वायु सेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लागेका हुन् ।
उनको सचिवालयले जनाएअनुसार पेटमा समस्या देखिएपछि भट्टराई लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा उपचार गराई रहेका थिए । चिकित्सकहरुले न्युरो (इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उहाँ त्यसको उपचारका लागि दिल्ली जान लागेका हुन् ।
भट्टराईको उपचार ‘इन्स्टिच्युट अफ लिभर बिलिअरी साइन्सेस’मा हुनेछ । उपचारमा रहँदा भट्टराई त्यहाँको नेपाली दूतावासमा बस्ने छन् । उपचारका क्रममा उनकी पत्नी हिसिला यमी पनि साथै जाने कार्यक्रम छ ।