षडयन्त्रकारी ढंगबाट सरकारलाई अपदस्त गराउने शैली प्रतिगामी: बादल

पोखरा । नेकपा सचिवालय सदस्य राम बहादुर थापाले नेकपा भित्रका अवसरवादी र फुटवादीका कारण अहिलेको असामान्य परिस्थिती र्सिजना भएको बताएका छन् ।

मेची देखी महाकाली सम्म नेपालको कम्युनिष्ट भित्र लुकेका फुटवादी अवसरबादीहरुको विरुद्ध शुद्धिकरण अभियान आफुहरुले गरिरहेका बताए ।

उनले जनताको ताजा जनादेश लिएर अस्थिरतालाई स्थितरतामा बदल्न सकिने बताउँदै समृद्धिको बाटोमा अगाडी बढ्ने बताए ।

‘जनताको बीचमा गएर नै फुटवादीलाई भण्डफोर गरेर पार्टीलाई शुद्धिकरण गर्नेछौं’, उनले भने ।

नेकपाबाट केही मन्त्री फर्किएर प्रचण्ड नेपाल समुह जाँदैछन् भन्ने भ्रम फैलाईएको भन्दै गृहमन्त्री समेत रहेका बादलले भ्रम र डरको अभिव्यक्तीका रुपमा झुटलाई गोयबल्य शैलीमा स्थापित गर्न खोजिएको बताए ।

झस्केलाबाट षडयन्त्रकारी ढंगबाट सरकारलाई अपदस्त गराउने शैली प्रतिगामी कदम भएको उनको भनाइ थियो ।

कमेन्टहरु
Loading...