प्रदेश २ प्रमुखः नेपाली आउट, पत्रकार झा इन

फाइल तस्बिर

 

गन्थन डेस्क

मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश नम्बर २ का प्रमुखबाट तिलक परियार हटाइएपछि उनको स्थानमा राजेश झा (अहिराज) नियुक्त भएका छन् । राजेश अहिराजको नामले चिनिने र सक्रिय पत्रकारितामासमेत रहेका उनी रौतहट संग्रामपुर निवासी हुन् ।

अहिराजलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।

अहिराजले ‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा विद्यावारिधीसमेत गरेका छन् । उनले हिजोमात्रै ‘पत्रकारहरुको एउटा तप्का ‘राष्ट्रीय भिखारी’ नै रैछन् । पुरस्कार र तक्मा र सम्मान लेखिएको सामग्री जुन सुकै, जस्तो सुकै र जति पटक पाए पनि आफै थाप्ने । एकै खाले तालिम एकै ठाउँ मा १० पटक पुगे पनि एघारौं पटक पनि आफै जाने’ भन्दै स्टाटस लेखेका थिए ।

२०७४ कात्तिक १८ गते प्रदेश प्रमुख नियुक्त भएका तिलक परियार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट पदमुक्त भएपछि अहिराजलाइ नियुक्त गरिएकाे हाे ।

भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड ख बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेकी हुन् । परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन् ।

कमेन्टहरु
Loading...