पोखरा ।
मुलुक अव उत्पादन संघर्षमा लाग्नु पर्ने आवश्यकता रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् । भूमी सम्वन्धि समस्या समाधान आयोग, काठमाडौंको आयोजनामा आज पोखरामा कास्की जिल्ला समितिका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रममा मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन् । भौतिक निर्माण क्रान्तिको युग सुरु भैसकेको र अव मुलुक उत्पादनका लागि संघर्ष गर्नुपर्ने उनको भनाई छ ।
जनताको समस्या समाधान गर्ने कर्तब्य ऐन, नियम, कानुन अनुसार इमान्दारितापूर्वक निभाउन अभिमुखिकरणमा सहभागिलाई आग्रह समेत उनले गरे ।
देशका हालको स्थितिको कुरा उठाउँदै मुख्यमन्त्री गुरुङले पार्टी भित्र लुकेर खुट्टा तान्ने प्रवित्तीका कारण मुलुक अस्थिरता तर्फ गएको र यहि समयमा त्यस्ता अन्तरध्वंस ल्याउने व्यक्ति पहिल्याउनुपर्ने बताए ।