प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको भेलालाई मुख्यमन्त्री गुरुङले सम्बोधन गर्ने

आगामी फेब्रुअरी २१ गते प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको आयोजनामा बृहत् भेला तथा भेटघाट कार्यक्रम हुने भएको छ ।

सिड्नी रकडेल स्थित इन्द्रेणी फक्सन सेन्टरमा उक्त बृहत भेला तथा भेटघाटलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले भर्चुअल रुपमा सम्बोधन गर्नेछन् ।

मञ्चका अध्यक्ष रमेश पाण्डेका अनुसार मुख्यमन्त्री गुरुङले नेपालको वर्तमान परिस्थिती, घटनाक्रम तथा गैरआवसीय नेपालीहरुको बारेमा नेपाल सरकार तथा प्रदेश सरकारले गरिरहेका कामहरुको बारेमा समेत जानकारी गराउनु हुनेछ ।

पाण्डेले कार्यक्रममा अष्ट्रेलियामा वसोवास गर्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितीको लागि हार्दिक आमन्त्रण समेत गरिएको जानकारी दिए ।

कमेन्टहरु
Loading...