पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भोलि बिहीबार पोखरा आउने भएका छन् । नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेसका शीर्ष नेता पोखरा आउने भएका हुन् ।
संसद विघटन भएपछि उनीहरुको पोखरा भ्रमण पहिलो हुनेछ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कार्यक्रम हुनेछ । सो पूर्व चिप्लेढुंगाबाट ¥याली निस्कने छ ।