कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ । १४ औं महाधिवेशनको नयाँ मिति तय गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको हो ।

महाधिवेशनको नयाँ मिति, यसअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको विरोध प्रदर्शन, बैतडीमा आफ्नो कार्यकर्तामाथि भएको आक्रमण तथा वर्तमान राजनीतिक परिस्थिति लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

फागुनमा पार्टीको महाधिवेशन गर्ने भनिएकोमा कोरोना भाइरसको महामारी पश्चात् स्थगित भएको थियो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी जेठमा महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन् ।

पार्टीको क्रियाशील सदस्यताको विषयमा समेत विवाद कायमै रहेको छ । क्रियाशील सदस्यताका विषयमा रहेको विवाद मिल्न नसम्का समेत महाधिवेशनको तयारी गर्न कांग्रेसले सकिरहेको छैन ।

जेठमा महाधिवेशन सम्पन्न गर्नुपर्ने वरिष्ठ नेता पौडेलले माग गरिरहेको भए पनि पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

पार्टीको विधानअनुसार १ वर्ष कार्यकाल थप गर्ने अधिकार भएपनि सभापति देउवाले थप गरेको अवधि यही फागुन १९ गने सकिदैछ ।

कमेन्टहरु
Loading...