फागुन १३ गते ओली समुहको पोखरामा बृहत् मोटसाइकल ¥यालीको तयारी

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन १३ गते पोखरामा बृहत मोटरसाइकल ¥याली गर्ने भएको छ । प्रधानमन्त्री ओलीले फागुन १५ गते सम्बोधन गर्ने गण्डकी प्रदेश स्तरिय आमसभाको पूर्व तयारी स्वरुप मोटरसाइकल ¥याली गर्न लागिएको हो ।

आमसभा सफल पार्न गठित स्वयंसेवक परिचालन समितिको आयोजना सो ¥याली गर्न लागिएको समितिका संयोजक तथा उक्त पार्टीका केन्द्रीय सदस्य राजीव पहारीले जानकारी दिएका छन् । उनले ¥यालीमा १० हजारको संख्यामा मोटरसाइकल निकाल्ने तयारी भएको भन्दै सहभागिताको लागि सम्पुर्णमा अपिल गरेका छन् ।

पोखरामा सम्पन्न स्वयंसेवक परिचालन समितिको बैठकमा बोल्दै पहारीले प्रधानमन्त्रीले संसद भंग गर्नु संवैधानिक कदम भएको भन्दै राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको निम्ति निर्वाचन अपरिहार्य भएको जिकिर जिकिर गरे। पहारिले हिम्मत भए प्रचण्ड माधब समुहलाइ चुनावमार्फत् जनताबाट अनुमोदित हुन समेत चुनौती दिए ।

सो समितिका सह–संयोजक तथा राष्ट्रिय युवा संघका उपाध्यक्ष सन्तोष रावलले फागुन १३ गते २ बजे पोखराको अमरसिंह चौरबाट सुरु हुने मोटरसाइकल ¥याली ऐतिहासिक हुने दावी गरे ।

समितिकै कार्यालय व्यवस्थापक बाल्कृष्ण काउछाले प्रधानमन्त्रीको कदम प्रतिगामी भन्नेहरुलाई फागुन १५ गतेको आमसभा र जनताको व्यापक सहभागिताले स्वतः जवाफ दिने जिकिर गरे ।

उनले १४ गते करिब ५ हजार युवा स्वयंसेवकले पोखराको सभागृहबाट मार्चपासमा सहभागिता जनाउने उल्लेख गरे ।

कमेन्टहरु
Loading...