पोखरामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरामा थप १७ सहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुुसार थपिएका कोरोना संक्रमतिमध्ये १७ जना पोखरा महानगरपालिका र १ जना तनहुँ जिल्लाका हुन् । थपिएका कोरोना संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ८ सय २० पुगेको छ ।

कमेन्टहरु
Loading...