गायिका सजना बास्तोलाको ‘याद’ सार्वजनिक

पोखरा । गायिका सजना बास्तोलाको ‘याद’ सार्वजनिक भएको छ । आइतबार पोखरामा एक कार्यक्रमका बिच गायक कर्ण दासले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

२०७० सालदेखि संगीत क्षेत्रमा लागेकी सजनाका यसअघि १ दर्जन गीत सार्वजनिक भइसकेका छन् । याद उनले आफैले रचना गरेको गीत हो । जसमा संगीत गायक विनोद बानियाँको रहेको छ ।

विनोद रसाइलीको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियोमा सजना सँगै सुशिल नेपालीको अभिनय देख्न सकिन्छ । करिब १ लाख २० हजार लागतमा निर्माण भएको गीतको छायाँकन कास्की अस्तामको अन्नपुर्ण ईको भिलेज, पञ्चेबाजा म्युजियम, काहुँडाँडा र पामे लगायतका क्षेत्रमा गरिएको नेपालीले जानकारी गराए । सुशिलद्वारा नै उक्त म्युजिक भिडियो निर्देशन गरिएको हो ।

भिडियो सारेगमा इन्टरटेन्मेण्ट हाउसको प्रस्तुतिमा सार्वजनिक गरिएको नेपालीले बताए । म्युजिक भिडियोलाई महेन्द्र पराजुली र सफल पौडेलले खिचेका हुन् । सम्पादन समेत उनीहरुकै छ । सार्वजनिक गीतलाई सजना बास्तोला कै अफिसियल युट्युब मार्फत हेर्न सकिनेछ ।

गायिका सजना बास्तोलाले आफ्नो पहिलो रचना गीतका माध्यम पस्कन पाउँदा खुशी व्यक्त गरेकि छन् । कमीकमजोरीलाई आत्मसाथ गर्दै आगामी दिनमा संगीत क्षेत्रमै निरन्तरता दिने प्रतिबद्धता उनको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गायक कर्ण दासले पोखराले पछिल्लो समय राम्रा प्रतिभाहरु जन्माएको उल्लेख गरे ।कोभिडका बेलामा पनि लगानी गरी पोखराबाट गीत सार्वजनिक गर्नु आफैमा एक सबल पक्ष भएको उनले बताए । उनले अबको १० वर्ष पछि पनि नेपाली गीत संगीत क्षेत्रमा रमेको देख्न पाउने गरी आफ्ना सांगीतिक गतिविधि अगाडि बढाउन सजनालाई शुभकामना दिए ।

 

कमेन्टहरु
Loading...