निर्वाचन आचारसंहिताको मस्यौदाका बारेमा आयोगले राजनीतिक दलहरुसंग छलफल गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटन भएपश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि घोषणा गरेको निर्वाचनका आचारसंहिताका विषयमा निर्वाचन आयोगले आज छलफल गर्दै छ । निर्वाचन सम्बन्धी आचारसंहिताको मस्यौदा तयार भइसकेको र सोही मस्यौादका विषयमा आयोगले आज सबै राजनीतकि दलका प्रतिनिधिहरुसंग छलफल गर्ने भएको हो ।

आचारसंहिताको मस्यौदाका विषयमा छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा लगायत सबै राजनीतिक दलका अध्यक्ष तथा सभापतिहरुलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सबै राजनीतिक दलहरुसंग छलफल गरेर निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।

कमेन्टहरु
Loading...