गण्डकी भलिबलले पोखरामा आर्मीलाई हराउँदै रच्यो इतिहास

गन्थन डेस्क

पोखरामा आयोजित टाइगर कप खुल्ला भलिबल च्याम्पियलशीप को फाइनल प्रतिष्पर्धामा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ ।

गण्डकीको जीतसँगै टिमले इतिहाससमेत रच्यो । हालसम्म भएको राष्ट्रियस्तरको भलिबल प्रतिष्पर्धामा विभागीयबाहेक अन्य टोलीले जित्न सकेको थिएन ।

पोखरा रंगशालामा भएको फाइनलमा घरेलु समर्थकको व्यापक साथ पाएको गण्डकीले सुरुवाति सेट २५–२२ मा जितेको थियो । त्यसपछि आर्मीले २५–२१मा खेल आफ्नो पक्षमा पार्यो ।

खेलको तेस्रो सेट जितेको गण्डकीले चौथो सेट गुमाएपछि फाइनल सेटमा पुनः गण्डकी प्रदेशले जीत हात पार्दै इतिहास रच्न सफल भएको हो ।

 

कमेन्टहरु
Loading...