महेश बस्नेत भन्छन्, ‘युवाले प्रधानमन्त्रीको कदमको समर्थन गरे’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले राम्रा काम गरेकै कारण युवाले प्रधानमन्त्रीको कदमको समर्थन गरेको बताएका छन् ।

फागुन १ गते बुटवलमा आयोजना गरिएको जनसभाको प्रचारका लागि आज बुटवलमा आयोजित ¥यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्ड–माधव समूहले देशलाई विखण्डको दिशातर्फ लैजाने प्रयत्न गरेका कारण युवाले साथ दिन नसकेको उल्लेख गरे ।

“प्रधामन्त्रीको लोकप्रियताले नै आज युवाले वी लभ यु केपी ओली भन्दै हिँडेका छन् । यो सुनेर प्रचण्ड–माधव समूह झनै आत्तिएका छन्”, उनले भने ।

युवा जहिले पनि विकास र समृद्धिको पक्षमा रहेको बताउँदै उहाँले प्रधानमन्त्री ओलीले मात्रै यो अभिभारा पूरा गर्न सक्ने विश्वास व्यक्त गरे।

नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले देशका हरेक राजनीतिक परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउँदै अबको राजनीतिक निकासका लागि पनि युवाको सक्रियता आवश्यक रहेको बताए । युवा नेता गोपाल रानाले नयाँ सन्देश प्रवाह गर्ने भएकाले बुटवलको जनसभा विशेष हुने बताए ।

कमेन्टहरु
Loading...