काठमाडौं । नागरिक अभियन्ता डा गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह भएको बताएका छन् । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै उनले तानाशाह भएको बताएका हुन् । उनले भने ‘ केपी ओली तानाशाह हुन्, यिनलाई जनताले फाल्नुपर्छ ।’
उनले अहिले संसद विघटनपछि संवैधानिक अंगको परीक्षण भइरहेको पनि बताएका छन् । केसीले विभिन्न ३ बुँदे माग राखेर फागुन १२ गतेदेखि अनशन घोषणा गरेका छन् ।
उनले संसद विघटनको प्रयासबाट संविधानको रक्षा गर्नुपर्ने, संवैधानिक निकायहरुमा हालै गरिएका नियुक्ति रद्द गर्नुपर्ने, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विगतका अनशनमा भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । माग पूरा नभए ७७ जिल्लाको जुनसुकै ठाउँबाट पनि अनशन सुरु हुने केसीले बताएका छन् ।