गन्थन डेस्क । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्य विरुद्धका कसुरमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले झाँक्रीलाई राज्य विरुद्धको कसुर दफा ५८ बमोजिम उनकै निवासबाट पक्राउ गरेको हो ।
पक्राउ गर्नुपरे पक्राउ पूर्जी लिएर आउन आग्रह गरेकी झाँक्रीलाई प्रहरीले यसअघि पक्राउ पूर्जी दिएको थियो । पूर्जी पाएलगत्तै झाँक्रीले आफनै निवासबाट गिरफतारि हुने बताएकी थिइन् ।
प्रहरी पक्राउ गर्न उनकै निवास शंखमुल पुगेकोपछि कार्यकर्ताले नाराबाजि गरिरहेका थिए । झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन् ।