प्रहरीले दियो रामकुमारी झाँक्रीलाई पक्राउ पूर्जी

 

 

गन्थन डेस्क । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिन प्रहरीले उनलाई पक्राउ पूर्जी दिएको छ । यसअघि झाँक्रीले पक्राउ गर्न पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकि थिइन् ।
अनेरास्वियु नेतृ आरती लामाका अनुसार प्रहरीले झाँक्रीलाई राज्य विरुद्धको कसुर दफा ५८ सम्बिन्धित गिराफतारी पूर्जी दिएको छ ।

यसअघि राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएका थिए । प्रहरी उनलाई पक्राउ गर्न उनकै निवास शंखमुल पुगेको छ भने कार्यकर्ताले नाराबाजि गरेका छन् ।

 

कमेन्टहरु
Loading...