पक्राउ गर्ने भए पक्राउ पूर्जी लिएर आउनुस्: रामकुमारी झाँक्री

गन्थन डेस्क । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् । ‘राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ उनले निवासमा पत्रकारहरुसँग कुरा गर्दै भनिन्, ‘पक्राउ पूर्जी लिएर आउनुस् भनेको छु ।

राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएका थिए । यतिबेला प्रहरी उनलाई पक्राउ गर्न उनकै निवास शंखमुल पुगेको छ भने कार्यकर्ताले नाराबाजि गरेका छन् ।

कमेन्टहरु
Loading...