गन्थन डेस्क। नेकपाको प्रचण्ड नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई पक्राउ प्रहरी उनको निवास पुगे लगत्तै विद्यार्थीले नाराबाजी गरेका छन् । उनी पक्षीय विद्यार्थी र कार्यकर्ताले पक्राउको विरोध गर्दै उनकै घरको गट अगाडि नाराबाजी गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको आपत्तिजनक अभिव्यक्ति अभियोग सम्बन्धमा पक्राउ गर्न प्रहरी उनकै निवास शंखमुल पुगेको हो ।
यसअघि प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न झाँक्रीलाई बोलाएको बताएको थियो। प्रहरीले सुरुमा कार्यालय बोलाएपनि अहिले सादा पोशाकमा प्रहरी उनको निवासमै पुगेका हुन्।
यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन् ।