पोखरा/ओली सरकारले गरेको संसद बिघटनको बिरुद्ध जनता समाजबादी पार्टीले देशभर बिभिन्न प्रकृतिको आन्दोलन गरिरहेको छ । बुधबार पनि समाजबादी पार्टीले हरेक जिल्लामा राँके जुलुश निकाल्ने कार्यक्रम थियो । समाजबादी पार्टीको राँके जुलुशलाई निकस्न नदिनका लागि प्रहरी प्रशासन चनाखो भएर लागेको थियो । तर यो पटक जनता समाजबादी पार्टी कास्कीले प्रहरीलाई चक्मा दिएर राँके जुलुश निकाल्न सफल भएको छ ।
समाजबादी पार्टीले प्रहरीलाई सिर्जनाचोकबाट जुलुश निकाल्ने जानकारी दिएको थियो र जुलुशको तयारी सिर्जनाचोकबाट पनि गरिरहेको थियो । तर सिर्जनाचोकबाट जुलुश मात्र निस्कियो । जुलुशलाई घेरेर प्रहरी अगाडी बढिरहेको थियो । त्यहि समयमा नागढुङ्गाबाट पृथ्वीचोकतिर राँके जुलुश दगुरिरहेको थियो । कास्कीमा पछिल्लो समय जनता समाजबादी पार्टीको कार्यक्रमहरु निरन्तर भईरहेका छन् ।
तस्विर- फाइल फोटो