पोखरा । नेपाल कम्युनस्टि पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा विघटनविरुद्ध लहर सुरु भएको बताएका छन् । राजधानीमा आयोजित जनसभामा आफ्नो भनाई व्यक्त गर्दै नेता खनालले आफूहरुको आन्दोलन नसुनिएको खण्डमा ६२/६३ सालको जनआन्दोलनभन्दा ठूलो आन्दोलनको आगो दन्किने उनले चेतावनी दिएका छन् ।
कार्यक्रममा उनले जनसभा कस्तो हुन्छ भनेर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यक्रममा आउन आग्रह गरेका थिए । निर्वाचन आयोगका आयुक्तलाई कुन चाहिं पार्टी आधिकारिक होला भन्ने विषयमा निक्र्यौल गर्न सकस भइरहेको भन्दै काठमाडौंको सडकमा आएर हेर्न आग्रह गरे । ‘तपाईहरुलाई आधिकारिकताका लागि सकस भइरहेको छ भने आउनुस्, काठमाडौंमा सडकमा हेर्नुस्, आधिकारिक को भन्ने प्रमाणित हुन्छ ।’ उनले भने, ‘केही कानुनी व्यवधान छ भने छिटो मिलाएर आउनुस्, यो विषयमा ढिलो गर्न हुँदैन ।’
प्रधानमन्त्री ओलीले हाल निर्वाचनमा आफूले २ तिहाई मत ल्याउन दावी गरिरहेको भन्दै उनले भ्रममा नबस्न आग्रह गरेका छन् । निर्वाचन भएको अवस्थामा ओलीको जमानत समेत जफत हुने उनको दावी थियो । ‘मिस्टर केपी ओली तपाईको खुट्टी हेर्दै पत्यायौं, अब तपाईले २ तिहाई होइन, तपाईंको जमानत जफत हुने छ । मेचीदेखि महाकालीसम्मका सिटमा तपाईंको जमानत जफत हुन्छ, आज हामी घोषणा गर्छौं ।’ आफूहरुको आन्दोलन प्रचण्ड तथा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन नभएको उनको दावी थियो । मुलुकमा स्थायित्व कायमका लागि अहिलेको आन्दोलन जुरुरी रहेको उनले कार्यक्रममा बताएका छन् ।
उज्यालो तथा समाजवाद नेपालको निर्माण गर्नु आफूहरुको पार्टीको लक्ष्य भएको उनले दावी गरेका छन् । यो आन्दोलन नेकपाको २ वटा गुटको आन्दोलन नभएर प्रतिक्रान्ति विरुद्धको आन्दोलन भएको उनको भनाई छ ।
पुस ५ को घटना प्रतिगमन तथा प्रतिक्रान्ति घटना भएको उनले बताएका छन् । ओलीको गुटविरुद्ध आन्दोलन भएको उनले दावी गरेका छन् । केपी ओली राजनीतिक तथा सिद्धान्तमा पराजित भएको उनले बताए ।