पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका नेता जर्नादन शर्मा प्रभाकरले प्रधानमन्त्री केपी शर्मा ओलीले लामो संघर्षपछि प्राप्त भएको संविधान, संघीयता तथा लोकतन्त्रलाई आफ्नो कुर्सीसंग साटेको आरोप लगाएका छन् । संघीय प्रणालीको रक्षाका लागि आफूहरुले सडक आन्दोलन गर्नुपरेको उनको भनाई थियो ।
काठमाडौंमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै नेपालमा एक दिन जनविद्रोह हुन सक्ने सम्भावना रहेको उनको भनाई थियो । जनताको अधिकारलाई कानुन बनाउने क्रममा अपांग बनाइएको उनले बताए ।
जनताको संकटलाई समाधान गर्नुको सट्टा ओम्नीहरुलाई संरक्षण गरिएको उनले बताएका छन् । संविधानमा लेखिएका अधिकारहरु ओलीमा मात्र सीमित गर्न खोजिएको उनले आरोप लगाएका छन् ।
विकास तथा समृद्धिका नारामात्र लगाउने तर काम नगर्नेहरुका विरुद्ध यो आन्दोलन भएको उनको दावी थियो ।