बेलबुटे मार्ग निर्माण समितिको अध्यक्षमा थापा

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडामा बेलबुटे मार्ग निर्माणका लागि शिवबहादुर थापाको अध्यक्षतामा बेलुबटे मार्ग निर्माण समिति गठन गरिएको छ ।

स्थानीयवासीको आज सम्पन्न भेलाले थापाको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पुष्पराज पौडेल, सचिवमा विन्दुराज तिवारी, कोषाध्यक्षमा किसान परियार र सहसचिवमा जानुका बस्नेत रहेका छन् । त्यस्तै समितिका सदस्यहरूमा विष्णुहरि ढकाल, बाबुराम मिश्र, भगवती घिमिरे र रामबहादुर बस्नेत रहेका छन् ।

भेलाले पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्लबहादुर कार्की, समाजसेवी डिल्लीराम अधिकारी र रासस गण्डकी प्रदेश प्रमुख बासुदेव पौडेललाई सल्लाहकार चयन गरेको छ ।

पछिल्लो समयमा बेलबुटे क्षेत्रमा बस्ती विकासको क्रम बढिरहेको अवस्थालाई दृष्टिगत गरी यहाँको करिब ५ सय मिटर मार्ग कालोपत्रे गर्ने तयारी गरिएको हो । मार्ग निर्माणका लागि प्राविधिक अध्ययनमार्फत् लागत अनुमान निकाल्ने र वडाको सिफारिस सहित महानगरपालिकामा जाने समितिले जनाएको छ ।

कमेन्टहरु
Loading...