पोखरा । नेपालमा थप ९९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ९९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये ४२ जना महिला तथा ५७ जना पुरुष रहेका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ । हाल नेपालमा १ हजार ९ सय ५९ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २ हजार ७ सय ९४ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप २ सय ४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । हाल नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या २ हजार ३५ जना छ । हाल नेपालमा ९ सय २७ जना कोरोना भाइरस संक्रमितहरु संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै ६१ जना कोरोना भाइरस संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार नेपालमा १४ जना कोरोना भाइरस संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
काठमाडौं मात्र नेपालमा ५ सयभन्दा बढी उपचारार्थ कोरोना भाइरस संक्रमितहरु भएको जिल्ला हो । त्यस्तै मुगु, कालिकोट तथा रुकुम पश्चिम सक्रिय कोरोना भाइरस संक्रमितहरुको सुन्य संख्या भएको जिल्ला हो ।