टुटल तथा पठाओको विरोधमा ट्याक्सी व्यवसायीको प्रदर्शन

काठमाडौं । आज काठमाडौंमा गैरकानुनी रुपमा भाडा लिएर यात्रु ओसारपोसार गरेको भन्दै ट्याक्सी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । टुटल तथा पठाओ गैरकानुनी रुपमा सञ्चालन भएको तथा निजी सवारीसाधनहरुले समेत भाडा लिएर यात्रु ओसार्ने कार्य गरेको भन्दै नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले काठमाडौंमा माइतीघरमा प्रदर्शन गरेको हो ।

आन्दोलनकारीले टुटल तथा पठाओ गैरकानुनी रुपमा सञ्चालन भएको तथा निजी सवारीसाधनले भाडा लिएर यात्रु ओसार्ने कार्य गरेको सो कार्यमा तत्काल रोक लगाउन समेत माग गरेका छन् ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको नेपाल बन्दका क्रममा ट्याक्सीमा भएको तोडफोडको विरोध समेत गरेका छन् । तोडफोडमा संलग्न जोकोही भए पनि उसलाई कारवाही गर्न तथा क्षतिपूर्ति दिन माग गरेका छन् ।

बन्दका नाममा सार्वजनिक सवारीसाधनमा हुने तोडफोड र आगजनी रोक्न आन्दोलनकारीले माग गरेका छन् ।

कमेन्टहरु
Loading...