डा.केसीको नेतृत्वमा काठमाडौंमा अहिंसात्मक नागरिक आन्दोलन

काठमाडौं । डा.गोविन्द केसीको नेतृत्वमा प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा अहिंसात्मक नागरिक आन्दोलन भएको छ ।

प्रदर्शनकारीहरुले प्रतनिधिसभा पुनःस्थापनाको माग गर्दै लोकतन्त्र मास्न पाइंदैन, सर्वसत्तावाद् मुर्दावाद्, प्रतिनिधिसभा मार्न पाइंदैन निरंकुश सरकार चाहिंदैन, नागरिक अगाडि बढ्दै छ सर्वसत्तावाद् ढल्दैछ लगायतका नारा लेखिएका प्लेकार्ड तथा पोस्टर बोकेका थिए ।

माइतीघरमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारीहरुले सरकार स्वेच्छाचारी बनेको भन्दै अब नागरिक समाजले खबरदावी गर्ने बताएका छन् । प्रदर्शनमा पत्रकारसहित समाजसेवी, पत्रकार, बुद्धिजीवि, विद्यार्थीय लगायतले सहभागिता जनाएका थिए ।

कमेन्टहरु
Loading...