काठमाडौं । २०६२/६३ पछाडिको मार्गचित्र असफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले बताएका छन् । आज बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अध्यक्ष थापाले मुलुकमा २०६२/६३ पछाडिको मार्गचित्र असफल भएको दावी गरेका हुन् ।
‘सत्तारुढ दलले आफ्नै प्रम बिरुद्ध अविश्वास प्रस्ताव, प्रमद्वारा संसद विघटन, मुद्दा विचाराधिन रहेकै अवस्थामा अदालतलाई धम्क्याउन सडक प्रदर्शन, व्यवस्थापिका प्रमुखद्वारा कार्यपालिका र न्यायपालिका प्रमुख विरुद्ध अदालतमा मुद्दा ।’ उनले ट्वीटरमा लेखेका छन्, ‘यी घटनाक्रमले ६२/६३ पछिको मार्गचित्र असफल प्रमाणित गरेको छ ।’