पोखराको महतगौडामा गोली चल्यो , एक घाइते

पोखरा । पोखरा महतगौडामा गोली चलेको छ ।

गोली लागी मनोज विश्वकर्मा घाइते भएका छन् । उनको पेटमा गोली लागेको छ ।

घाइते विश्वकर्माको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यलयका डिएसपी सुवास हमालले गोली कसले चलायो भन्ने बारे पुष्टि हुन नसकिरहेको जानकारी दिए ।

उनले घटनाबारे थप अनुसन्धान भैरहेको बताए ।

 

कमेन्टहरु
Loading...