पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३३ मा मृत अवस्थामा फेला परेकी महिलाको हत्या आशंकामा श्रीमानलाई सोधपूछ गर्न राखिएको छ । आज बिहान आफनै घरमा मृत फेला परेकी महिलाको हत्या आशंकमा श्रीमानलाई प्रहरीले सोधपूछमा राखेको हो । स्रोतका अनुसार हत्या आशंका श्रीमानलाई पक्राउ गरिएको भन्ने विषयमा बुझन खोज्दा कास्की प्रहरी प्रवक्ता सुवास हमालले श्रीमानलाई घटना बारे सोधपूछको लागि नियन्त्रणमा राखेको बताए । उक्त घटना बारे जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
