काठमाडौं । सभामुख अग्नि सापकोटा संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध रिट लिएर आफैं सर्वोच्च अदालत पुगेका छन् । उनी आज बिहान सर्वोच्च अदालत पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक तथा कानुनी विवादबीच बधबार निर्वाचन आयोग, अख्तियार लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेपछि त्यसका चौतर्फी विरोध भइरहेको छ ।
सभामुख सापकोटाले प्रधानमन्त्री, प्रधानमन्यायधीश, राष्ट्रियसभा अध्यक्ष, मुख्य सचिव लगायत नियुक्ति पाएका कर्मचारीविरुद्ध रिट दायर गरेको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।
सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश असंवैधानिक भएको टिप्पणी गर्दै संवैधानिक गंगका प्रमुख सहित सदस्यहरुको सपथ ग्रहण कार्यक्रम पनि बहिस्कार गरेका थिए ।