नेकपाकाे नारायणहिटी अगाडी हुने आभसभालाई झांक्रीले भनिन् ‘आज पञ्च~याली छ’

 

गन्थन डेस्क

नेकपा ओली समूहले आज काठमाण्डौंको नारायणहिटी संग्रहालय अगाडी गर्न लागिएको आमसभाप्रति नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झांक्रीले कटाक्ष गरेकी छिन् ।

उनले भर्खरै ट्विटर ह्यान्डलबाट ओली समूहको सभालाई ‘पञ्च¥याली’ भनेकी छिन् । ‘तानाशाही शासन ढल्ने बेला यस्तै गर्छन् भनेर भन्नुहुन्छ हाम्रा सिनियर नेताहरु ’ उनले थपेकी छिन् । त्यस्तै, उनले ओलीको समय अब धेरै नरहेको आशयसमेत व्यक्त गरेकी छिन् ।

ओली समूहले अबको केही समयमा बागमती प्रदेशको आयोजनामा सभाको आयोजना गर्दैछ । सभालाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कमेन्टहरु
Loading...