गन्थन डेस्क
यससालको हिउँदमा बिहीबारसम्म घमाइलो रहेको पोखरा शुक्रबार बिहानदेखि एक्कासी चिसिएको छ ।
बिहान करिब ८ बजेसम्म हुस्सु र कुइरोले ढाकिएको पोखरामा हल्का वर्ष भएपछि यहाँको तापमान ह्वात्तै घटेको छ । यो जाडो सिजनको पहिलो वर्षाकाकारण आज पोखरेलीहरुले बल्ल चिसो बढेको महशुस गरेका छन् ।
मौसम तथा जलवायु विभागले शनिबारसम्म देशको केही स्थानमा वर्षा र हिमपातको आंकलन गरेको छ भने आइतबारदेखि मौसम सफा हुने अनुमान गरेको छ ।