आम हड्ताल सफल बनाउन हिडेका प्रदर्शनकारी र मजदुरबीच झडप

 

विराटनगर । धरानमा प्रदर्शनकारी र मजदुरबीच झडप भएको छ । आजको आम हड्ताल सफल बनाउन बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप भएको हो । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षकका अनुसार केही समय विवाद भए पनि पछिल्लो समय अवस्था सामान्य छ ।

धरानमा नै सवारी साधनमाथि ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको उनले बताए ।

 

कमेन्टहरु
Loading...