बन्दको विरुद्धमा पोखरामा र्‍याली

पोखरा । नेकपा प्रचण्ड(नेपाल समूह द्रारा आज घोषित आम हड्तालको विरुद्धमा पोखरामा युवा र्याली निकालेका छन् । प्रचण्ड९नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको हो।बन्दका कारण बिहानैदेखि सडकमा गाडी चलेका छैनन् । केही सार्वजनिक गाडी भने बिहानी समयमा चलेका थिए । एम्बुलेन्‍स, अस्पतालका बस, खाद्यान्‍न, दुध, औषधीका गाडी, सञ्‍चारकर्मीका सवारी साधन चलेका छन् । ठाउँ ठाउँमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । कतिपय ठाउँमा प्रहरी र दाहाल(नेपाल समूहको घम्साघम्सी परेको छ ।

https://www.facebook.com/100007415625879/videos/2854546954802464/

कमेन्टहरु
Loading...