पोखरा । पोखरा नयाँबजार स्थित जाल्पादेवी अटो वर्कसपमा दिउसो करिब १ बजे आगलागी भएको छ । वर्कशपमा मोटरसाईकल बनाउँदै गर्दा तार सर्ट भई आगो लागेको हुन सक्ने आशंका त्यहाँका स्थानियले बताएका छन् । उक्त आगोलागीबाट एक जनाको घाइते भएका छन् । उनले लगाएको पाईन्टमा आगो सल्किएको र समयमै फुकालेर फालिएकाले शरिरको माथिल्लो भागमा आगोले भेट्न नपाएको स्थानियले बताए । घाईतेको अहिले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भैरहेको छ ।
वर्कसपमा रहेको मर्मतका लागि राखिएको मोटरसाईकल तथा अन्य सामानहरु पूर्णरुपमा जलेर नष्ट भएको छ । समयमै आगो नियन्त्रणमा नआएकाले वर्कसपसँगै जोडिएको अर्को कोठामा समेत आगोले क्षति पुराएको छ । कोठामा रहेको कुर्ची, टेवललगाएतका कोठाका सामानमा क्षति पुगेको छ । क्षति पुगेको वर्कसप र कोठा बिनोद भण्डारीको हो ।