काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले भोलि बिहीबार आमहड्तालको घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जबरजस्ती रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेर सपथ ग्रहण समेत गराएको भन्दै नेकपा प्रचण्ड–नेपाल समुहले आम–हड्ताल गर्ने निर्णय गरेको हो ।
उक्त समुहले आन्दोलनको पूर्वनिर्धारित कार्यक्रमहरुलाई परिर्वतन गर्दै आम–हड्ताल गर्ने निर्णय गरेको बताइएको छ ।
आमहड्ताल बाहेकका अन्य आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गर्ने उक्त समुहले निर्णय गरेको छ ।