नियुक्त भएको ४५ दिनपछि आज संवैधानिक निकायहरुको प्रमुख तथा पदाधिकारीहरुको शपथ ग्रहण हुने भएको छ ।
अहिले बिहान ९ बजे शीतलनिवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका व्यक्तिहरुको शपथ ग्रहण गराउने तयारी गरिएको छ ।
मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा पदाधिकारी नियुक्त गरेको थियो । भने पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि उनीहरुको संसदिय सुनुवाई हुन पाएको थिएन ।
संवैधानिक परिषदबाट सिफारिश भएको ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने संघीय सांसदको कार्य संचालन नियमावली २०७५ को व्यबस्था छ ।