सागर राज तिमिल्सिना
पोखरा १६ पुष/अंग्रेजी पात्रो अनुसार भोलीबाट नयाँ बर्ष शुरु हुँदैछ । सन २०१३ आज राती १२ बजेबाट समाप्त हुनेछ भने सन २०१४ शुरु हुने छ । हरेक बर्ष जस्तो विश्वमा नयाँ पुरानो बर्षको विदाई र नयाँ बर्षको स्वागत भब्य ढंगले गर्ने गरिन्छ । यसै क्रममा पर्यटकीय नगर पोखरामा पनि सन २०१३ लाई विदाई गर्ने र २०१४ स्वागत गर्नका लागि पोखराका पर्यटन व्यवसायीहरुले भब्य तयारी छ ।
पोखरामा नयाँ बर्ष इभ मनाउन आउने पाहुनाहरुको घुइचो नै लाग्न थाले पछि उत्साही भएका व्यवसायीले विविध कार्यक्रमको आयोजना गरेर पुरानो बर्षको विदाई र नयाँ बर्षको स्वागतका लागि तयारी छ । रेष्टुरेन्ट एण्ड बार एशोसियशन अफ नेपाल, पोखराले हरेक बर्ष जस्तै यस बर्ष पनि सडक महोत्सव आयोजना गरेको छ । सडक मै खाने र सडक मै रमाउने नारा सहित आयोजना गरिदै आएको सडक महोत्सवमा सहभागी बन्न देश विदेशबाट हजारौंको संख्यामा मानिसहरु पोखरा आएका छन् ।
नयाँ बर्ष इभ मनाउन लेकसाईड पुग्नेहरुलाई भरपुर मनोरञ्जन दिनका लािग महोत्सव आयोजकहरुले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिरहेका छन् । इभलाई भब्य बनाउन रातको समयमा आकर्षक आतासबाजी समेत गरिने रेवान पोखराका अध्यक्ष गोपी भट्टराईले बताए । अंग्रेजी नयाँ बर्ष भब्यताका साथ मनाउने प्रचलन नेपालीमा पनि निकै बढेको छ । त्यसैले नयाँ बर्ष मनाउन पोखरा आउने नेपालीहरुको संख्या पनि उल्लेख्य छ । त्यसैले पोखराका होटलहरु प्राय सबै पाहुनाले भनिरभराउ भएको सडक महोत्सवका संयोजक बलराम पहारीले बताएका छन् ।
सडक महोत्सव मात्र होइन, ठुला ठुला होटल तथा रेष्टुरेन्टले आफ्नै परिसरमा विबिध कार्यक्रमको आयोजना गरेर पोखरामा नयाँ बर्षलाई भब्य बनाइदैछ । विभिन्न ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रण गरिएको छ भने होटल र रेष्टुरेन्ट परिसर भित्रै सांगितिक कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था मिलाइएको छ । पाँच तारे होटल फुलबारी, पोखरा ग्राण्ड सहित होटल बाराही, सांग्रिला भिलेज, माउन्ट कैलाश, होटल अतिथि लगायतले आफ्नै परिसरमा नयाँ बर्ष विशेष कार्यक्रमको आयोजना गरेका छन् ।
भिडियो