काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहले आधिकारिकताको दावी निर्वाचन आयोगमा पेश गरेको छ । प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल सहितका नेताहरु आयोगमा पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकताको दावी पेश गरेका हुन् । उक्त समुहका वरिष्ठ नेता झलनाथ खनालले आयोगमा आफूहरुले दावी प्रस्ताव गर्न राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार अगाडि बढिएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपश्चात नेकपाको प्रचण्ड–नेपाल समुहले ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो । त्यस्तै नेकपाकै ओली समुहले केन्द्रीय कमिटी विस्तार गरेर सोही विवरणलाई अध्यावधिक गर्न भन्दै निर्वाचन आयोगलाई पत्र पठाएको थियो । तर नेकपाको दुवै समुह प्रचण्ड–नेपाल तथा ओली समुह दुवै पक्षको दावी अस्वीकार गरेको थियो ।
निर्वाचन आयोगले अस्वीकार गरेपछि आज फेरी राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार प्रचण्ड–नेपाल समुहका नेताहरु आयोगमा पुगेका हुन् ।