पोखरा । १० करोड लगानी रहेको पानी पँधेरोको छैठौँ शाखा पोखराको नागढुङ्गामा विस्तार गरिएको छ । पत्रकार सम्मेलन आयोजना गर्दै पानी पँधेरो ट्रेड प्रालीले नागढुङ्गामा नयाँ शाखा विस्तार गरिएको जानकारी दिएको हो । उक्त शाखालाई माघ २२ गते कलाकार तथा समाजसेवी सिताराम कट्टेल र कुञ्जना घिमिर धुर्मुस सुन्तलीले उद्घाटन गर्नेछन् ।
२०७६ सालमा स्थापना भएको पानी पँधेरोले यो सँगै ६ वटा शाखा विस्तार गरिसकेको छ । दुई वर्षमै पोखराको नागढुङगा, हरिचोक, बिरौटा, बगर, काहुँखोला सहित तनहुँको भिमादमा शाखा विस्तार गर्न सफल भएको अध्यक्ष कुलदिप भट्टराईले जानकारी गराए । उनका अनुसार पानी पँधेरोले खाद्यन्न, कस्मेटिक, फेन्सी सामान, भाँडाकँुडा, गिफ्ट, स्टेशनरी, बच्चाका सामाग्री, फ्रोजोन सामाग्री, बेकरी आइटम, पियपदार्थ, घडी, चस्मा, होटलका आइटम सहित थोक तथा खुद्रा सामानहरुको विक्रिवितरण गर्दै आएको छ । ग्राहकलाई एउटै छानामुनी सम्पूर्ण दैनिक उपभोग्य सामाग्री सर्वसुलभ दरले पानी पँधेरोले उपलब्ध गराउँदै आएको उनले बताए ।
त्यस्तै ग्राहकको सुविधाका लागि १०१ दिने उपाहार योजनाको १ थान स्कूटर, १ थान माउन्टेन बाइक, १ थान वासिन मेसिन, १ थान ओभन र १८ जनालाई सान्तोना पुरस्कार स्वारुप २२ गते नै वितरण गरिने कार्यक्रम संयोजक सुर्य श्रेष्ठले जानकारी गराए ।
आफु सँगै १८ जनाको समुहले करिब १० करोडको लगानीमा पानी पँधेरो संचालनमा ल्याएको प्रालिका उपाध्यक्ष किशोर सुवेदीले जानकारी गराए । उनका अनुसार लगानी गर्नेहरुमा वैदेशिक रोजगारबाट फर्किएका युवाहरु र स्थानीय तहमा व्यवसाय संचालन गरेका सफल व्यवसायीहरु रहेका छन् ।
गण्डकी प्रदेशका अन्य जिल्लामा समेत पानी पँधेरोको शाखा विस्तार गर्ने लक्ष्य आफुहरुको रहेको उनले बताए । उनले भने, “यसै आर्थिक वर्षमा प्रदेशका अन्य जिल्लामा समेत शाखा विस्तार गर्ने योजनामा छौं ।”
पानी पँधेरोका सबै शाखाहरुमा करिब १ सय जना कर्मचारी आबद्ध भएको म्यानेजर दिबिन भट्टराईले जानकारी गराए । उनले आफुहरुले विक्रिवितरण गर्ने सामानहरु कम्पनीबाटै सिधै ल्याउने भएकाले ग्राहकलाई सस्तो पर्ने बताए । विचौलियाका माध्यम सामान खरिद गर्दा महङ्गो पर्न जाने अनुभवका आधारमा उनी बताउँछन् । शुलभ मुल्यमा सजिलै सामान खरिदको वातावरण पानी पँधेरोमा मात्र भएको उनले दाबी गरेका छन् ।