नेकपा केन्द्रीय समितिको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटायो

 

दिपक के श्रेष्ठ

पुष्पकमल दाहाल र माधव नेपाल समूहको नेकपाको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपि शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशित गरेको छ । पार्टीकाे भर्खरै सम्पन्न चौथो केन्द्रीय समितिको बैठकले ओलीलाई निष्काशन गरेका दाहाल–नेपाल पक्षधर प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

केन्द्रीय समितिका पच्चीस प्रतिशत सदस्यले हस्ताक्षर गरी बैठकको माग गरेपश्चात् उक्त निर्णय गरिएको श्रेष्ठले बताए । यसअघि स्थायी कमिटीको बैठकले महासचिव विष्णु पाैडेललाई हटाउन गरेको निर्णयलाई पनि बैठकले अनुमोदन गरेको छ ।

त्यस्तै, पार्टीले घोषणा गरेको तेस्रो चरणको आन्दोलनलाई सफल पार्न जनपरिचालन गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘सोही अनुरुप पार्टी पंक्तिलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ । यसैगरी, पार्टीको पद र संरचना अद्यावधिक गरिएकोबारे निर्वाचन आयोगलाई जानकारी गराउँदै सोही अनुरुप निर्णय गराउन पार्टीले थप तयारी गरेको उनले जनाए ।

बैठकले म्यान्मारमा भएको सैनिक ‘कू’को भत्र्सनासमेत गरेको छ । बैठकमा दुई तिहाई सदस्यको उपस्थिति रहेको श्रेष्ठको दाबी छ ।

कमेन्टहरु
Loading...