बराह उच्चमावि भिडावारी अखिलमा सरस्वती

पोखरा, १५ पौष/अनेरास्ववियु कास्की क्षेत्र नं. ४ को सम्मेलनको पुर्वसन्ध्यामा सञ्चालित विद्यार्थी जागरण अभियान अन्र्तगत बराह उच्च मावि भिडाबारीमा सरस्वती अधिकारीको अध्यक्षमा २५ सदस्यीय अनेरास्ववियु इकाई कमिटि गठन गरेको छ ।कमिटीको उपाध्यक्षमा दामोदर ढुंगाना, सचिवमा मनोज पौडेल, सहसचिवमा कल्पना लामिछाने, कोषाध्यक्षमा भुपेन्दै गौतम रहनुभएको छ भने सदस्यहरुमा अस्मिता गौतम, सागर गौतम, संगिता विक, दिवस गुरुङ, विष्णुमाया लामिछाने, पिताम्वर ढुंगाना लगायत चयन हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य तथा कास्की जिलला सचिव भरतमान गुरुङले विचार, संगठन र नेतृत्वको हिसावले विद्यार्थी आन्दोलनको मुल प्रवाह अनेरास्ववियु भएकाले प्राप्त उपलब्धिको रक्षा तथा थप अधिकार प्राप्तिका लागि अनेरास्ववियुमा संगठित हुन आब्हान गर्नुभयो ।

इकाई कमिटि अध्यक्ष सरस्वती लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय उपाध्यक्ष माधव गौतम, खगराज ढुंगाना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन आनन्द गौतमले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...