दाहालविरुद्ध अवहेलनाको मुद्दा दर्ता, पेसी मंगलबार

काठमाडौँ । नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलनाको मुद्दा दर्ता भएको छ । प्रतिनिधि सभा विघटनका संदर्भमा सर्वोच्च अदालतमा चलिरहेको मुद्दालाई प्रभावित गर्ने गरी अभिव्यक्ति दिएको जिकिरसहित मुद्दा दायर भएको हो ।

विराटनगरको सभामा बोलेको विषयलाई आधार बनाइएको छ । समिर हायूले दाहाललाई विपक्षी बनाउँदै रिट निवेदन दायर गरेका हुन् । सर्वोच्च अदालत प्रशासनका अनुसार रिटको पेसी मंगलबारलाई तोकिएको छ ।

कमेन्टहरु
Loading...