अदालतले संविधानको गरिमा कायम गर्ने विश्वास

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मीनेन्द्र रिजालले सर्वोच्च अदालतले संविधानको मर्मअनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेता रिजालले बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा विगतको प्रतिकूलावस्थामा पनि अदालतले सही निर्णय लिएको स्मरण गर्दै अहिले पनि संविधानअनुरुप अदालतको गरिमा कायम गर्ने विश्वास व्यक्त गरे।

सरकारले निर्वाचन गर्नका लागि नभएर सत्ता टिकाउनकै लागि निर्वाचन घोषणा गरेको आरोप लगाउँदै उनले लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने बताए ।

कमेन्टहरु
Loading...