काठमाडौँको तापक्रम १.८ डिग्री

आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम १.८ डिग्री मापन गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार उपत्यकाको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस थियो ।

राति प्रदेश १ का उच्च पहाडी र हिमाली भेगका एक दुई स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनायो ।

पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले तराईमा पनि बाक्लो हुस्सु लागेको छ ।

कमेन्टहरु
Loading...