रेणु दाहाललाई प्रधानमन्त्री ओलीको कटाक्षः उहाँ पिकनिकमा पो जानुभयो कि ?

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिना उद्देश्य ३ जना पूर्व प्रधानमन्त्रीहरु लौरीको साहरासहित देशभरी हिंडिरहेको बताएका छन् । चितवनमा भएको कार्यक्रममा सम्बोधन गर्दै उनले नाम नलिएर नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाललाई नकारात्मक तथा देश बर्बाद पार्ने उद्देश्य सहित देश दौडाहमा लागिपरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई कटाक्ष गरेका छन् । कार्यक्रममा सहभागी नभएकी भरतपुरकी मेयर दाहाललाई प्रधानमन्त्री ओलीले पिकनिक पो गएकी छिन् कि भन्दै कटाक्ष गरेका हुन् । ‘अलिअलि मतपत्र च्यातेर भएपनि तपाईंहरुले यहाँको मेयरलाई जिताउनुभएको हो । खै तपाईंको मेयर आज यहाँ ?’ उनले प्रश्न गर्दै भने, ‘चितवनको यहाँ यत्रो सभा भइरहेको छ, खै ताईंका मेयर ? मेयर पिकनिक खान जानुभयो होला कतै ?’

प्रधानमन्त्री ओलीले नेकपा नफुटेको दोहो¥याएका छन् । पार्टीका केही व्यक्तिहरुमा मात्र छोडेर गएको उनको भनाई रहेको थियो । ‘पार्टी फुटेको होइन, केही मान्छे निस्किएका हुन् ।’ पार्टीमा शुद्धीकरण आवश्यक रहेको अवस्थामा पार्टी नै छोडेर गएको प्रधानमन्त्री ओलीले बताएका छन् । ‘शुद्धीकरण आवश्यक थियो ।’ उनले भने । सञ्चारमाध्यममा गएर केही नेताहरु मनपरी बोलेको उनको आरोप थियो । आफ्नै नेतृत्वको सरकारले नै नेपाललाई अति कम विकसित मुलुकको सूचीबाट हटाएको प्रधानमन्त्री ओलीले दावी गरेका छन् ।

कोरोना भाइरसविरुद्धको खोप प्रदान गर्ने थोरै मुलुकहरुको सूचीमा नेपाल पनि पर्न सफल भएको उनले बताएका छन् । अग्रपंक्तिमा रहेर कोरोनाविरुद्ध काम गर्नेहरुलाई प्राथमिकतामा राखेर ३ महिनाभित्र खोप उपलब्ध गराउने उनले दावी गरे । साथै सन् २०२१ भित्र आम नेपाली जनताको पहुँचमा खोप उपलब्ध गराउने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरेका छन् । तर केही तत्वले सरकारले कोरोना भाइरसविरुद्धको खोप ल्यायो भन्न नसकेका उनको भनाई थियो । आफूले तुइन विस्थापित गर्छुभन्दा केही व्यक्ति आत्तिएको भए पनि धेरै तुइनहरु विस्थापित भइसकेको उनले कार्यक्रममा जानकारी दिएका छन् ।

२०७८ साल वैशाखमा निर्वाचन हुने स्पष्ट पारेका छन् । कतिपयले चुनावका हुँदैन भनेर अल्मल्याइरहेको बताउँदै निर्वाचन हुनेमा कुनै शंका नर्गन आग्रह गरेका छन् । ‘कतिपयले चुनाव घोषणा मात्र गरिएको हो, ओलीले गराउँदैन भनिरहेका छन् ।’ उनले भने, ‘तर त्यस्तो कुराको विश्वास नगर्नुस्, चुनाव तोकिएकै मितिमा सम्पन्न हुन्छ ।’ जनताको हितका लागि काम गर्नेहरुलाई चुनेर पठाउन उनले आग्रह गरेका थिए । यो देशको कुनै पनि जाति तथा विभिन्न भाषाभाषी बोल्नेहरु कसैको पनि विका रोकिएमा देशको विकास नहुने उनको भनाई थियो । मुलुकको विकासका लागि हरेक जनताको आर्थिक वृद्धि हुनु जरुरी रहेको उनले बताएका छन् ।

नयाँ युगमा नेपाल प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ देश विकासमा सहभागी हुन आग्रह गरेका छन् । ‘नेपालमा प्रविधिहरु भित्रिएको छ । नेपाल नयाँ युगमा प्रवेश गरिसक्यो, आत्मविश्वासको साथ मुलुकको विकासका काममा सहभागी हुनुस् ।’ प्रधानमन्त्री ओलीले भने । मुलुकको राष्ट्रिष्यता तथा स्वाधिनताको रक्षा अहिलेको पार्टी तथा सरकारले गर्ने र त्यसको अगुवाई आफूले गर्ने उनले बताएका छन् । ‘पञ्चायतको विरुद्ध लडियो, निरंकुश शासनविरुद्ध लडियातर कुनै पनि अवस्थामा घुँडा टेकिएन, अब घुँडा टेक्नुपर्ने आवश्यकता तथा अवस्था छैन । देशको विकास गरेर छोडिन्छ । स्वाधिनताको रक्षा गरेर छोडिन्छ ।’ उनले भने, ‘या ३ वर्षमा लोकतन्त्र तथा विकास निर्माणका पक्षमा काम भएको कुरा यहाँहरुले पनि देख्नुभएको छ ।’

कमेन्टहरु
Loading...