पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर आफैंले आफैंलाई कलंकको टीका लगाएको बताएका छन् । धनगढीमा आयोजना भएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद विघटनको कुनै अधिकार प्रधानमन्त्रीलाई नभएको बताए । ‘तर उहाँले जबरजस्ती गर्नुभयो, मैले संसदीय दलको बैठकमा भनेको थिएँ, प्रधानमन्त्री ओलीले संसद म¥यो भनेका थिए, तर म भन्छु हामी जिउँदै छौं, हामी मरेका छैनौं ।’ उनले भने, ‘हामी लोकतान्त्रिक पद्धत्तिबाट चल्ने हो, केपी ओली एउटा व्यक्तिले संसद विघटन ग¥यो भन्दैमा हामी मान्दैनौं ।’
प्रतिनिधिसभा विघटनको मुद्दा हाल सर्वोच्च अदालतमा भएको बताउँदै अध्यक्ष प्रचण्डले अदालतले लोकतान्त्रिक विषयलाई बुझ्ने उनले विश्वास गरे । प्रतिनिधिसभा विघटन भएको अवस्था भएको भए आफूहरु मिलेर संसदको बैठक बसेर प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने उनको भनाई रहेको थियो । ‘यदि यो मुद्दा सर्वोच्च अदालतमा नभएको भए हामीले संसद बसालेर केपी ओलीलाई कारवाही गथ्र्यौं ।’ उनले भने, ‘सर्वोच्चले लाकतान्त्रिक मुल्य र मान्यतालाई बुझ्छ भन्ने मेरो बुझाई छ, संसद पुनःस्थापना गर्छ भन्ने मेरो विश्वास छ ।’
आफूहरु घनगढीमा उखान टुक्काका लागि नआएको भन्दै अध्यक्ष प्रचण्डले आम नागरिकको समस्या तथा देशको राजनीतिका विषयमा बुझ्न आएको बताएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर आफूले आफैंलाई तल्लो स्तरको व्यक्तिका रुपमा उभ्याएको बताए । ‘राजालाई निकालेर नागार्जुनको जंगलमा हामीले नै पु¥याएको हो । अहिले केपी ओली जस्तो कम्युनिस्टमा घुसेका नेतालाई ३ महिनामा सडकमा ल्याउनु छ ।’
प्रधानमन्त्री ओलीले आफ्नो हरेक भाषणमा आफ्नो सन्तानलाई छुने गरेको आरोप लगाएका छन् । ‘मैले हिजो विद्रोहमा आफ्ना छोराछोरीलाई क्रान्तिमा लिएर गएँ, उनीहरुले भूमिगत रुपमा काम गर्थे, के मैले अरु नेताले जस्तो मैले मेरो छोराछोरीलाई विदेशमा पढाउने हो त ?’ उनले भने, ‘म निसन्तान भइन, यो मेरो गल्ती हो त ? आन्दोलनका समयमा केटी मान्छे बन्दुक बोकेर जंगलमा हिंड्नु चानेचुने कृुरा हो ?’ उनले प्रश्न गर्दै भने ।
केपी ओलीले आफ्नो चुनावका समयमा छोराको हृदयघातबाट मृत्यु हुँदा समेत आफ्नो लागि भोट माग्न लिएर गएको आरोप लगाएका छन् । ओली अमानवीय तथा निर्दयी व्यक्ति भएको बताए । ‘ओलीले आफूलाई भोट माग्नका लागि मेरो छोराको मृत्यु हुँदा समेत आफ्नो निर्वाचन क्षेत्रमा लिएर गए ।’ उनले भने, ‘केपी ओली जस्तो निस्ठुरी तथा निर्दयी नेता कोही छैनन्, म उनी जस्तो निस्ठुरी तथा निर्दयी हुन सकिन ।’
हालसम्म नेपाल कम्युनिस्ट पार्टी नेकपा नफुटेको उनले दावी गरेका छन् । नेकपाबाट प्रधानमन्त्री ओलीले मात्र आफ्नो गुट छुट्याएर लगेको आरोप लगाएका छन् । ‘हाम्रो पार्टी फुटेको छैन, केपी ओली चोइटिएको मात्र हो ।’ केपी ओली दलाल भएको र दलालको पछाडि लागेर केही पूर्वमाओवादी नेताहरु ओली पक्षमा लागेको उनले आरोप लगाएका छन् ।