सहीदको सम्झनामा अनेरास्वबियू पिएनको दीप प्रज्जवलन

पोखरा । सहीद दिवसको अवसरमा अनेरास्वबियू पृथ्वीनारायण क्यापस कमिटीले दीप प्रज्जवलन कार्यक्रम सम्पन्न गरेको छ ।

क्याम्पस गेटमा भेला भएका विद्यार्थीहरुले गेट अगाडी विर सहिद अमर रहुन् लेखेर दीप प्रज्जवल गरेका हुन् ।

अनेरास्ववियू क्यामपस कमिटी संयोजक विष्णु पोखरेलले नेपालको इतिहासमा देशका लागि जीवन आहूती गर्ने सहिदहरुको सम्झनामा दीप प्रज्जवलन गरिएको जानकारी दिए ।

नेपालमा भएका हरेक राजनीतिक परिर्वतनका लागि जीवन उत्सर्ग गर्ने सहीदहरु प्रति अहिलेको युवा विद्यार्थी पुस्ताले गर्व गर्दै उच्च सम्मान गर्नुपर्ने उनको भनाई थियो ।

उनले सहीदहरु सबैका लागि पथप्रदर्शक तथा आदर्श व्यक्तिका रुपमा रहने बताए ।

कमेन्टहरु
Loading...