सौगात पोखरेल
आज माघ १६ पृथ्वीको नेपाल भन्ने देशमा आज शहिद दिबसमा ईमान्दारीतापुर्वक ज्यान गुमाउनेहरुको स्मरणमा हामीलाई नै बदनाम हुने गरि शहिद दिवस मनाइरहेका छन् । उनीहरुको गतिविधि हेर्दा यस्तो लाग्छ हामी देशका लागि होईन तिनै बेईमानहरुलाई नेता बनाउनका लागि मरेका थियौँ । जहानिय राणा शासन अन्त्यको आन्दोलनसँगैै राजतन्त्र अन्त्यको आन्दोलनसम्म म जस्तै धेरैले ज्यान गुमाएका छन् । आन्दोलनमा परिवार गुमाएको कारण नै लाखौको संख्यामा शहिद परिवारको बिचल्ली भएको छ । हामीले आन्दोलन बिभिन्न चरणमा गरेर गरेको आन्दोलनले थुप्रै पात्रहरुको फेरबदल त भयो तर शासकहरुको प्रवृतिमा कुनै बदलाप आएन ।
लामो त्याग र बलिदान पश्चात नेपालमा राणहरुको,पञ्चहरुको र राजहरुको अन्त्य त भयो तर तिनै राणाहरुको,पञ्चहरुको र राजाहरुको नयाँ संस्करण आउन भने बन्द भएन । जनताहरुले व्यबस्था परिबर्तनको आन्दोलनको अन्त्य भने हुन सकेन् । शासकहरुको प्रवृति नफेरिदा आम जनताले सुखको स्वास फेर्न पाएनन् । हामीलाई हाम्रो ज्यान गुमाउँदाको एकदुई बर्ष भन्दा बढि खुसि मिलेन ।
खुसि त उनीलाई मिल्यो जस्ले हामीलाई देखाएर शासन सत्ताको बागडोर आफ्नो हातमा लिएका बिभिन्न चरणका आन्दोलन हुमिएका आन्दोलनकारी नयाँ शासकहरुलाई मिल्यो । चप्पल लगाएर चप्पल लगाउनेहरुको मुक्तिको सपना देखाएर शासन सत्तामा पुगेका उनीहरुले कहिल्यै भुँई मान्छेतिर नजर पनि लगाएनन् । उनीहरुले नजर लगाए त केवल कालो धन सेतो बनाउनेहरु तिर लगाए कित राज्यकोषको दुरुपयोग गरेर देश लुट्नेहरुतिर लगाए ।
्हरेक आन्दोलन सफल भएको केहि समयमा त आन्दोलनकारी शासकहरुले आँफु ,नातागोता र आफ्नो साने घेरेभित्र नजर समेत लगाउन सकेनन् । आन्दोलनका घाईतेहरु उपचार नपाएर शरिरभरी किरा बोकेर बाँच्न बिवस भए । आन्दोलनमा आफन्त गुमाउनेहरु त्यो आफन्तलाई सम्झेर मुल खाबोमा टाउको ठोकेर बाँच्न बिबस भए । अपाङ्गहरु जेनतेन घिस्रिएर पुलसम्म पुगि आत्महत्या गर्न बाध्य भए ।
उनै फटाहहरुले हामीलाई शहिद दिवसको अबसरमा माला अर्पण गरेर लोभको भाँडो भरिराखे । त्यसैले बर्षमा एकदिन आफ्नो स्वार्थका लागि हामीलाई सम्झने कालो दिनलाई हामी शहिद दिवस भनेर मान्न सक्दैनौँ । हामीलाई देखाएर लुट मच्चाउने साँचो लिएका शासकहरुले हामीलाई नसम्झीएकै जाति ।
हुँदाहुँदै संबिधानमाथी बलत्कार गरेर संसद बिघटन गरेर हामीमाथी माला चढाएको ढोङ्गीहरुले त झन शहिदहरुकै बदनाम गरेको भान हुन्छ ।