कास्की कांग्रेसद्वारा प्रदर्शनलाई प्रभावकारी बनाउन निर्देशन

पोखरा । नेपाली कांग्रेस कास्कीले संसद् विघटन विरुद्वको प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउन भातृ तथा शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ । कास्की कांग्रेस, क्षेत्र, प्रदेश, भातृ तथा शुभेच्छुक संस्थाको बिहीबारको संयुक्त बैठकमा कास्की कांग्रेसका सभापति कृष्ण केसीले त्यस्तो निर्देशन दिएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

संसद् विघटन विरुद्वको आन्दोलनलाई निरन्तरता दिंदै कांग्रेसले माघ १९ गते सोमबार भातृ संस्था र २४ गते शुभेच्छुक संस्थाको संयुुक्त प्रदर्शन तय गरेको छ । ती दिन कास्कीमा पनि भातृ र शुभेच्छुक संस्थाले प्रदर्शन गर्ने प्रवक्ता सिग्देलले जानकारी दिए ।

बैठकले पोखरा २७ निवासी पार्टीकी जिल्ला सदस्य लक्ष्मी बास्तोलाका ससुरा बुबा नेत्रलाल बास्तोलाको निधन भएकोमा दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

बैठक कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो ।

कमेन्टहरु
Loading...